२०८३ साउन ९ शनिबार

कालिका भगवती मन्दिरमा महिना दिनको भेटी नौ लाख

ई आर्थिक    शुक्रबार, असार २ २०७४
5.8K
Shares
कालिका भगवती मन्दिरमा महिना दिनको भेटी नौ लाख

२ असार, बागलुङ । बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ ।

नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बलि दिइएका १३१ बोकाको मुढ बिक्रीबाट रु ९३ हजार ५४०, कुखुराको मुढबाट रु छ हजार १२०, राँगोको मुढबाट रु तीन हजार ६२० र परेवा बिक्रीबाट रु तीन लाख २९ हजार ४०० आम्दानी भएको छ । यस्तै, भक्तजनले मन्दिरमा चढाएको चामल बिक्रीबाट रु १२ हजार ४००, तेलबाट रु दुई हजार ३०० र कपडा बिक्रीबाट रु दुई हजार ५०० सङ्कलन भएको छ ।

जेठ महिनाभरमा आर्थिक सहयोगबापत रु एक हजार ८३० जम्मा भएको समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । बलिका मुढ, परेवा, चामल बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम भेटीमा जम्मा हुने गरेको छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटी सङ्कलन गर्दै आएको छ । समितिले जेठ महिना रु ३८ हजार २३१ मन्दिरमा खर्च भएको जनाएको छ ।

यसमा खाद्यान्नतर्फ रु २० हजार ९२६, सरसफाइमा तीन हजार ७७०, टीका, अबिरमा रु तीन हजार ५४०, दाना रु तीन हजार २२५, अतिथी सत्कारमा रु एक हजार ७६० तथा निर्माण सामग्री खरिदमा रु पाँच हजार खर्च भएको जनाइएको छ । समितिले प्रत्येक महिना मन्दिरको आम्दानी÷खर्च सार्वजनिक गर्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij