२०८३ साउन ९ शनिबार

काठमाडौंमा लक्ष्यभन्दा साढे एक करोड बढी विज्ञापन कर

ई आर्थिक    शुक्रबार, असार २ २०७४
3.6K
Shares
काठमाडौंमा लक्ष्यभन्दा साढे एक करोड बढी विज्ञापन कर

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी विज्ञापन कर सङ्कलन गरेको छ ।

चालु वर्षका लागि विनापन करमा पाँच करोड रुपैयाँ लक्ष्य लिइएको भएपनि हालसम्म ६ करोड ५५ लाख रुपैयाँ सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार आव २०७२/७३ मा चार करोड १७ लाख रुपैयाँ सङ्कलन गरिएको थियो । चालु आवमा अहिलेनै लक्ष्यभन्दा एक करोड ५५ लाख रुपैयाँ बढी सङ्कलन भइसकेको छ ।

केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ।

महानगरका ३२ वटै वडामा विज्ञापनको प्रयोग गर्दा झ्याल छोप्ने र राख्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीति बाहिर रहेकालाई कारबाही गर्न थाले पछि यस शीर्षकमा कर सङ्कलन बढेको हो ।
चालु आव समाप्त हुँदा सात करोड रुपैयाँ नाघ्ने पक्का छ, काफ्लेले भन्नुभयो । २०५६/५७ सालदेखि यस क्षेत्रको कर सङ्कलन गर्न थालेको कामनपाले तीन वर्षदेखि मात्र लक्ष्य हासिल गर्न थालेको छ ।

कर सङ्कलनका लागि ठूलो सम्भावना रहेको यस महानगरले कतै नीतिको अभाव त कतै जनशक्ति थोरै जस्ता समस्या देखाउँदै उल्लेख्य मात्रामा सबै क्षेत्रको कर सङ्कलन गर्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij