२०८३ साउन १० आइतबार

नवलपरासीमा नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

ई आर्थिक    बिहिबार, असार १ २०७४
4.9K
Shares
नवलपरासीमा नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

१ असार, नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ ।

ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिए।

चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गरिएको छ ।

अब कुनै पनि खोलामा नियम विपरीत उत्खनन र निकासीका लागि स्काभेटर, टिपर र ट्रयाक्टर प्रयोग गरिएको पाइएमा नियमअनुसार कारबाही गरिने समेत सो समितिले जनाएको छ ।

समितिले चालु आवमा जिल्लाको विभिन्न १७ वटा खोलाका भागमा नदीजन्य सामग्री निकासीका लागि ठेक्का लगाएर करिब पाँच करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । समन्वय समितिका अनुसार सो राजस्व रकमबाट जिल्लाको विकास निर्माणका काममा उक्त बजेट खर्च गरिएको सो समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij