२०८३ साउन १० आइतबार

नेप्से ४.६३ अंकले वृद्धि, कारोबार रकम ४९ करोड

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
3K
Shares
नेप्से ४.६३ अंकले वृद्धि, कारोबार रकम ४९ करोड

३० जेठ, काठमाडौं । केही दिनदेखि लगातार घट्दै गईरहेको शेयर बजार आज बढेको छ। मंगलबार नेप्से ४.६३ अंकले वृद्धि भएर १५८५.१५ अंकमा पुगेको छ ।

यो दिन १४३ कम्पनीको नौ लाख १८ हजार कित्ता शेयर ४९ करोड रुपैयाँमा खरिद बिक्रि भयो । सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर खरिद बिक्रि भएको छ। बैंकको चार करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो। कारोबार रकमकै आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ। बैंकको तीन करोड ९६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको हो।

आज कारोबारमा आएका आठ समुह मध्ये उत्पादन मुलक समुह मात्रै ओरालो झरेको छ । बैंकिङको ३.६३, होटल १७.७९, विकास बैंक २.०७, जलबिद्युत १३.३२, फाईनान्स १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेको छ। उत्पादन मुलक समुह भने ७.६३ अंकले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij