२०८३ साउन ९ शनिबार

कतारमा अमेरिकी डलर अभाव, नेपालीलाई घरमा पैसा पठाउन समस्या

ई आर्थिक    सोमबार, जेष्ठ २९ २०७४
4K
Shares
कतारमा अमेरिकी डलर अभाव, नेपालीलाई घरमा पैसा पठाउन समस्या

२९ जेठ, एजेन्सी । कतारमा सात देशले कुटनीतिक सम्बन्ध तोडेपछि आर्थिक क्षेत्रमा पनि समस्या देखिएको छ ।

कतारी बजारमा अमेरिकी डलरको अभाव सुरु भएको हो । यसको असर नेपाली कामदारलेसमेत समस्य भोग्नु परेको छ । डलर अभाव भएसँगै नेपालीलाई घरमा पैसा पठाउन समस्या पर्ने भएको छ ।

कतारमा झण्डै चार लाख ५० हजार नेपाली कार्यरत छन् । उनीहरुले नेपालमा दैनिक झण्डै एक करोड ३५ लाख रुपैयाँ पठाउने गरेको राष्ट्र बैंकको तथ्याँक छ ।

सात देशले कतारसँग सम्बन्ध तोडेको एकहप्ता बित्दा कतारमा सञ्चित डलर सकिएपछि यसको प्रभाव सुरु भएको हो । सम्बन्ध तोडेपछि लगाएको सामुन्द्रीक र हवाई नाकाबन्दीका कारण कतारकासँगको आर्थिक कारोवार पनि बन्द भएसँगै मुद्रा सटही केन्द्रहरुमा डलरको अभाव भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij