नवीन्द्र राज जोशी
समष्टिगत औद्योगिक अवस्था :
औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नको लागि औद्योगिक पूर्वाधार निर्माण गर्दै लैजाने, मौजुदा औद्योगिक पूर्वाधारहरुको उपयोग गर्ने, निर्यात प्रबर्द्धनमा जोड दिने विशेष आर्थिक क्षेत्रको निर्माण तथा सञ्चालन गर्ने र लघु, घरेलु तथा साना उद्योगहरुको प्रबद्र्धनको माध्यमबाट गरिवी न्यूनीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रबद्र्धधन गर्ने क्षेत्रमा यस मन्त्रालयको महत्वपूर्ण भूमिका रहेको छ । मुलुकमा औद्योगिक वातावरणको निर्माण गरी बढि भन्दा बढी रोजगारी सृजना गर्न र रोजगारीको खोजिमा विदेशिन वाध्य युवाहरुलाई देश भित्र नै रोजगारी उपलब्ध गराउन स्वदेशी निजी क्षेत्र र विदेशमा रहेका गैह् आवासिय नेपालीहरु समेतको लगानी परिचालनलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ । यसका लागि निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकता दिंदै मन्त्रालयको हरेक क्रियाकलापमा निजी क्षेत्रको सहभागितालाई व्यापक बनाउँदै लगिएको छ ।
उद्योग मन्त्रालयले विशेष गरी महिला र युवा वर्गको उद्यमशीलता विकास गरी मुलुकको आर्थिक समृद्धिमा योगदान गर्ने हिसावले आफ्नो निती तथा कार्यक्रमलाई त्यसतर्फ परिलक्षित गरेको छ । जसका कारण देशमा संचालित उद्योगहरुको कूल उत्पादन क्षमता गत बर्ष ३९.५ प्रतिशत रहेकोमा चालु आर्थिक बर्षमा ५४.२४ प्रतिशत पुगेको छ । उद्योगहरुले पछिल्लो ५ बर्षको तुलनामा चालु आ.व. मा सबैभन्दा बढि क्षमता उपयोग गरेको केन्द्रीय बैंकको तथ्थाङ्कले देखाएको छ । यसो हुनुमा औद्योगिक पुर्वाधारको विकास, एकद्वार प्रणालीको कार्यान्वयन, समसामयिक ऐन नियमहरुमा सुधार, उद्योग प्रशासनको सेवालाई पारदर्शी चुस्त र दुरुस्त बनाउनका लागि गरिएका सुधार, लगानी मैत्री वातावरणको निर्माण र उर्जा संकटको दीर्घकालिन समाधान रहेका छन् । केन्द्रीय बैंकको अध्ययनले चालु आर्थिक बर्षमा बैंक तथा वित्तिय संस्थाहरुको समग्र औद्योगिक कर्जा समेत ११ प्रतिशतले बढेको देखाएको छ भने औद्योगिक क्षेत्रको उत्पादनमा १०.९ प्रतिशत बृद्धि हुने अनुमान गरेको छ ।
उद्योग प्रशासनमा सुधार :
२०७३ भाद्र १० गते मैले यस मन्त्रालयको कार्यभार सम्हालेपछि सम्वन्धित सरोकारवाला निकायहरुसँग निरन्तर सहकार्य गरी यस मन्त्रालयमा औद्योगिक क्षेत्रको समस्त स्वास्थ्य सुधारका निमित्त चालिएका विभिन्न क्रियाकलापले उद्योग प्रशासनमा सुधार भई यस मन्त्रालयको समष्टिगत छविमा समेत सुधार भएको र राम्रो कार्य सम्पादन गर्ने मन्त्रालयको श्रेणीमा यो मन्त्रालय पर्न गएको महशुस गरिएको छ । मन्त्रालयबाट उद्योग प्रशासनका क्षेत्रमा गरिएका सुधारका कारण औद्योगिक क्षेत्रहरुको समेत सकारात्मक छवि बढ्न गएको र यसबाट स्वेदेशी तथा विदेशी लगानी कर्ताहरुमा ब्यापक रुपमा उत्साह समेत जागेको छ ।
दोश्रो पुस्ताको आर्थिक सुधारको सोच :
यस मन्त्रालयले मूलतः औद्योगिक प्रवद्र्धधन, उद्यमशीलताको प्रवद्र्धन, लगानी मैत्री वातावरणको सृजना, सरकारी उद्योगहरुको व्यवस्थापन, खानी तथा भूगर्भ व्यवस्थापन, गुणस्तर व्यवस्थापन आदी आर्थिक समिद्धिसँग सम्विन्धि कार्यहरु सम्पादन गर्ने गर्छ । मुलुकको आर्थिक समृद्धिलाई यस मन्त्रालयले एक मात्र लक्ष लिई दोस्रो पुस्ताको आर्थिक सुधारका कार्यक्रमहरु अघि सारको छ ।
नेपाल औषधि लिमिटेडको पुन संचालन :
नेपाल औषधि लिमिटेड पुन संचालनमा आई औषधि उत्पादन सुरु गरिसकिएको छ । जीवनजलबाट पुन उत्पादन सुरु गरेको सो उद्योगले पहिलो चरण अन्तरगत तिन महिना भित्र सिटामोल लगायत नन पेनिसिलिन समूहका आम जनतासँग सरोकार राख्ने ट्यावलेटहरु उत्पादन गर्ने प्रकृया सुरु गरिसकेको छ । यसबाट सरकारी उद्योगहरुमा नयाँ आशा तथा रक्त संचार पैदा भएको छ । औषधिको क्षेत्र आम जनताको स्वास्थ्य अधिकारसँग जोडिएकोले सस्तो, सुलभ र गुणस्तरिय औषधी उत्पादन गरी जनताको आधारभूत अवश्यकता पुरा गर्ने कार्यमा सरकारले नै जिम्मेवारी लिनु पर्ने हुँदा आगामी दिनमा नेपाल औषधि लिमिटेडलाई थप शसक्त ढंगले संचालन गरिने छ ।
विशेष आर्थिक क्षेत्रको संचालन :
मुलुकमा औद्योगिक क्षेत्रको विकासको निमित्त विशेष आर्थिक क्षेत्र ऐन, २०७३ जारी गरी यस अन्तर्गत देहायका कार्यहरु अघि बढाईएको छ ।
–भैरहवा विशेष आर्थिक क्षेत्र भित्र ज्ञढ वटा उद्योग स्थापना गर्न लगानीकर्ता सँग सम्झौता गरी करिव ७ अर्ब लगानीको प्रतिवद्धता प्राप्त भएको छ ।
–भैरहवा विशेष आर्थिक क्षेत्र कार्यालयको समुदघाटन भै संचालन सुरु गरिएको र उद्योगको दर्ता लगाएतका कार्यहरु आर्थिक क्षेत्र भित्र गर्न सकिने व्यवस्था मिलाईएको छ ।
–विशेष आर्थिक क्षेत्र नियमावलीको मस्यौदा तयार गरी मस्यौदा माथी कानुनी रायको लागि कानुन न्याय तथा संसदिय मन्त्रालयमा पठाईएको छ ।
–सिमरामा गार्मेन्ट प्रोसेसिङ्ग क्षेत्र निर्माण कार्यको थालनी भएको छ ।
–पाँचखालमा सेज निर्माणको लागि गुरु योजना तयार गर्ने तथा वातावरण प्रभाव मूल्याङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ ।
–एक प्रदेश एक सेज निर्माण गर्ने कार्य अगाडी बढाएको छ ।
–नेपाल र मित्रराष्ट्र चीन बीच क्रस बोर्डर सेज निर्माण गर्न द्ई देश बीच संझौता पत्रमामा हस्ताक्षर भएको छ ।
–निर्यात प्रवद्धन केन्द्र स्थापना गर्न कार्यलाई अगाडी बढाईएको छ ।
भौगर्भिक अनुसान्धान एवं खानी तथा खनिजजन्य बस्तुहरुको अन्वेषण र विकास
–नवलपरासी स्थित धौवादी क्षेत्रको पश्चिमी भाग (दुर्लुङ्गा क्षेत्र) को १५ व.कि.मि. क्षेत्रमा थप फलाम खनिज अनवेषण गरी पोखरी क्षेत्रमा १०५.२ मी ड्रिलिङ्ग अन्वेषण कार्य सम्पन्न भएको र सो कार्यको अनुगमन निरीक्षण कार्य मन्त्रीस्तरबाट समेत भएको छ ।
–मोवाईल मोडेल ग्याँस प्लान्ट निर्माण कार्य सम्पन्न गरि ललितपुर स्थित इमाडोल क्षेत्रमा प्राकृतिक ग्याँस परिक्षण, उत्पादन कार्य सम्पन्न भएको र काठमाडौं, टेकु क्षेत्रमा ३५० मी. ड्रिलिङ्ग कार्य भईरहेको छ ।
–विभिन्न ५ वटा फिल्ड टोलीबाट कुरुले तामा खानी उदयपुर, माहादेवस्थान चुनढुंगा धादिंङ, नामाटार चुनढुंगा मकवानपुर, चुनढुंगा अर्घाखाँची, महोत्तरी सर्लाही निर्माणमूखी खनिजको १५९ व.कि.मी. क्षेत्रमा भौगर्भिक सर्भेक्षण तथा खनिज अन्वेषण कार्य सम्पन्न भएको छ ।
–बैतडी, अछाम सुर्खेत, गोरखा लमजुङ्ग, धादिङ्ग, ओखलढुङ्गा, नुवाकोट डडेलधुरा, जाजरकोट, खोटाङ्ग जिल्लाको विभिन्न स्थानहरुमा ७ वटा प्राविधिक टोलीहरुबाट २९२५ व.कि.मी. क्षेत्रमा भौगर्भिक म्यापिङ्ग कार्य सम्पन्न भएको छ ।
–खास खनिज अन्तर्गत सिसा (जस्ता धादिंङ÷मकवानपुर, पानीखर्क चुनढुंगा धादिंङ ÷मकवानपुर, कैलाश चुनढुंगा धादिंङ÷मकवानपुर, कालिटार तामा मकवानपुर, लब्दी फलाम तनहुं, धनुषा तामा धादिङ, आगरा खोला तामा मकवानपुर, कुरुले तामा उदयपुर, दियारिगाड चुनढुगा बैतडी, जाल्पा चिलाउने चुनढुंगा उदयपुर, मदनपुर चुनढुंगा पाल्पा, शिलकेश चुनढुंगा पाल्पा, थुम्की चुनढुंगा काभ्रेपलाञ्चोक, धानपुरे चुनढुंगा स्याङजा, लखरपाटा चुनढुंगा सुर्खेतको १५ खानी उद्योग प्रवद्र्धन कार्यको लागि प्रस्ताव आह्वान भई प्राप्त प्रस्तावहरुको मूल्यांकन कार्य भईरहेको ।
–धादिङ्ग जिल्लाको महादेवस्थान चुनढुङ्गा अन्वेषण अन्तर्गत (सर्भे, चिप तथा च्यानल स्याम्पलिङ्ग) २५ व.कि.मी. क्षेत्रको प्रारम्भिक अन्वेषण तथा १०० हेक्टर क्षेत्रमा विस्तृत अन्वेषणको कार्य सम्पन्न भएको ।
–धौवादी फलाम खानी पहँच मार्गको लागि सडक विभागलाई अख्तियारी दिई सडक सर्भे कार्य सञ्चालनमा रहेको ।
भू–बैज्ञानिक सर्वेक्षण तथा अनुसन्धान सर्भेमा भएका मुख्य कार्यहरु
–मुस्ताङ्ग जिल्लाको वेनी–जोमसोम क्षेत्रमा जियोटुरिजम सम्वन्धी भूबैज्ञानिक अध्ययन कार्य सम्पन्न भएको ।
–गृह मन्त्रालयको अनुरोधमा गुल्मी, अछाम, प्यूठान, संखुवासभा जिल्लाको विभिन्न स्थानहरुमा ५ फिल्ड टोलीबाट पहिरो अध्ययन फिल्ड कार्य सम्पन्न भई प्रतिवेदन सम्बन्धित निकायमा पठाइसकेको ।
–महोत्तरी, बर्दिवास क्षेत्रमा वि.स. १९९० सालको भुकम्पको दरार संरक्षण सम्बन्धी अध्ययन कार्य सम्पन्न भएको तथा दरार संरक्षण निर्माण कार्यको लागि डिजाईन तथा लागत अनुमान कार्य सम्पन्न भइसकेको ।
–जियोलोजिकल म्यूजियमको लागि चट्टानको नमूना संकलन तथा टेलिभिजन अडियोभिजुवल जडान सहित जियोलोजिकल म्यूजियम भवन निर्माण कार्य सम्पन्न भई समुद्घाटन कार्य सम्पन्न भएको छ ।
सार्बजनिक संस्थान व्यबस्थापन
–मन्त्रालय सम्बद्ध सार्बजनिक संस्थानका निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति सम्बन्धि मापदण्ड, २०७३ नेपाल सरकार, मन्त्रिपरिषदबाट स्वीकृत भई लागु भएको छ ।
–उक्त मापदण्ड बमोजिम यस मन्त्रालय अन्तर्गतका सार्बजनिक संस्थानका निकायका पदाधिकारीहरुको नियुक्तिका लागि छनोट सम्बन्धी कार्यविधि, २०७३ स्वीकृत भएको छ ।
–नेपाल औषधी लिमिटेडको संचालनका लागि अर्थ मन्त्रालयबाट ७ करोड रकम निकासा भएको छ ।
–हेटौडा कपडा उद्योगको पुन संचालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भई प्रतिबेदन प्राप्त भएको र प्रतिबेदनले सिफारिस गरेका बिषयहरु कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयको सहमति माग भएको छ ।
–हेटौडा तथा उदयपुर सिमेन्ट उद्योगको स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन भईरहेको छ ।यी दुवै उद्योग पहिलो पटक नाफामा गएका छन् ।
–बिरगंज चिनी कारखाना र बुटवल धागो कारखाना लिज मोडेलमा संचालन गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय भई प्रक्रिया शुरु भएको ।
–नेपाल ओरियन्ट म्याग्नेसाइट संचालनको प्रकृया अघि बढाईएको ।
–रसुवा जिल्लामा रहेको जस्ता तथा सीसा खानी उद्योग लामो समयसम्म संचालन हुन नसकेकोमा यस उद्योगको संचालन गर्ने कम्पनी नेपाल मेटल कम्पनी लिमिटेडमा वैदेशिक लगानी आकर्षित गरी यस उद्योगलाई संचालनमा ल्याउने तयारी गरिएको छ । यसका लागि इच्छुक लगानीकर्ताको लगानी सुनिश्चितताको लागि वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवालाहरु निकायका प्रतिनिधि समेत राखि तयारी कार्य अगाडी बढाईएको ।
–उदयपुर तथा हेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपम व्यवसायीक वन्दै गएको छ र मन्त्रालयबाट स्पष्ट व्यवसायिक मार्ग निर्देशन दिने कार्य भईरहेको छ ।
–प्रत्येक बर्ष फागुनको पहिलो हप्तालाई अल्लो दिवस मनाउने उद्योग मन्त्रालयको निर्णय अनुसार यस बर्ष पर्वत जिल्लाको सालिजामा अल्लो प्रशोधनका लागि उद्यमीहरुलाई प्रविधि हस्तान्तरण अन्तर्गत मेशिन वितरण गर्ने कार्यको शुरुवात गरियो ।
–युवा ईन्जिनियरहरुले तयार गरेको अल्ले प्रशोधन प्रविधि ११ जिल्लामा प्रतिजिल्ला २ वटा प्रविधि मेशिनहरु अल्लो उद्यमीहरुलाई साझा सुविधा केन्द्र मार्फत उपलब्ध गराउन अर्थ मन्त्रालयको थप बजेट २ करोड ३० लाख उपलब्ध भै उक्त प्रविधि हस्तान्तरण भैरहेको ।
–गरीवी निवारणका लागि लघु उद्यम विकासका लागि आ.व. को तुलनामा १३४ प्रतिशत वृद्धि गरिएको ।
नीतिगत तथा कानुनी सुधार
–राष्ट्रिय बौद्धिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सो अनुरुप ऐन निर्माण गर्न सैद्धान्तिक सहमतिका लागी कानुन मन्त्रालयमा गएको ।
बिशेष आर्थिक क्षेत्र सेज ऐन ,२०७३ जारी भएको
औद्योगिक व्यवसाय ऐन, २०७३ जारी भएको ।
–कम्पनी ऐन , २०६३ को संशोधन बिधेयक व्यवस्थापिका संसदबाट पारित भएको ।
–खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको ।
–बिशेष आर्थिक क्षेत्र सम्बन्धि नियमावलीको मस्यौदा तयार भई कानुन मन्त्रालयमा सहमतिको लागि पठाइएको ।
–औद्योगिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य अगाडि बढाइएको ।
–प्रबिधि विकासकोष नियमावलीको मस्यौदा तयार भई अर्थ मन्त्रालयमा छलफलको क्रममा रहेको ।
–पेट्रोलियम नियमावली स्वीकृत भै कार्यान्वयनको चरणमा रहेको ।
–पेट्रोलियम अन्वेषणका लागि ग्लोवल टेण्डर आब्हान गरिएको ।
–बैदेशिक लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
–राष्ट्रिय खनिज नीति, २०७३ मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा छ ।
–भएका औद्योगिक क्षेत्रहरुको अधिकताम उपयोग गरी उत्पादनमूलक उद्योगहरुको संख्या बृद्धि गर्न हाल संचालनमा रहेका औद्योगिक
संरचनागत तथा प्रक्रियागत सुधार
–पहिलो पटक उद्योग मन्त्रालयले वजेट निर्माण र उद्योग मन्त्रालयको प्राथमिकिरण तय गर्ने छलफल कार्यक्रममा निजी क्षेत्रको समेत सक्रिय सहभागिता गराएको ।
–उद्योगी व्यवसायी तथा सरोकारवालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज, पोखरा, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा लगानीकर्तालाई सूचना प्रवाह गर्न केन्द्रको स्थापना गर्ने कार्य अगाडी बढाईएको छ ।
–उद्योग विभागमा सूचना केन्द्रको स्थापना गरी कर्मचारीको ब्यवस्था गरिएको तथा उद्योग बिभागमा अनलाइन सिष्टम सुरुवात भएको ।
–उद्योग विभाग र कम्पनी रजिष्ट्रारको कार्यालय बीच अनलाइन इन्टेग्रेसन भई कार्य अगाडी बढेको ।
–पब्लिक कम्पनी ६१ वटा, प्रा.लि. १३४३९ वटा, मूनाफा वितरण नगर्ने २९४ वटा र विदेशी कम्पनीको शाखा ३१ वटा दर्ता भएको।
–चालु आ.व. को वैशाख सम्ममा ज्ञटठज्ञघ वटा कम्पनी प्रशासन सम्वन्धी कार्य भएको ।
–सूचनाको हक ऐन २०६४ बमोजिम कार्यालयको जानकारी पुस्तिका प्रकाशन भएको ।
–लगानीकर्ता संरक्षण कोष स्थापना भएको ।
–नागरिक वडापत्र सहित कार्यालयको जानकारी पुस्तिका प्रकाशन भएको ।
–प्रत्येक कार्यकक्षको गतिविधी निगरानी गर्न ३० वटा सिसि टिभि जडान भएको ।
लघु, घरेलु तथा साना उद्योग विकास र प्रबद्र्धन
–लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधिमा सहयोग पु¥याउन प्रबिधि हस्तान्तरण कार्यविधि स्वीकृत भई कार्यन्वयनमा गएको ।
–महिला उद्यमशिलता विकास कोषबाट चालु आ. ब. मा ४६ जिल्लामा कर्जा प्रबाह गर्ने गरी प्रस्ताब आब्हान गरिएको हाल ८०० भन्दा बढी प्रस्तावहरुको मुल्यांकन कार्य भईरहेको ।
–उद्यमशिलता विकास कार्यक्रम तथा भगत सर्ब्जित सिल्प उत्थान कार्यक्रम जस्ता नयाँ कार्यक्रम संचालनका लागि निर्दे्शिकाहरु स्वीकृत भई कार्यक्रम कार्यन्वयन भईरहेको ।
–लघु, घरेलु तथा साना उद्योगीलाई उद्योग व्यवसाय संचालन गर्न, उद्योगको बिकासमा ऋण प्रबाह गर्न उद्योग, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स एसोसिएसन तथा निजी क्षेत्रका प्रतिनिधिहरु सम्मिलित एक संयन्त्र गठन गरिएको
गुणस्तर सुधारतर्फ
–एलपीजी सम्बन्धि नेपाल गुणस्तर ५३३ लाई अनिबार्य गर्न मन्त्रिपरिषदबाट स्वीकृत भई राजपत्रमा सूचना प्रकाशन भएको ।
–ट्याक्सी मिटरमा ई विलिङ्ग सिष्टम कार्य शुरु भएको, हाल सम्म ३००० ट्याक्सीमा जडान भईसकेको ।
–३७ वटा वस्तुहरुमा नेपाल गुणस्तर चिन्ह ईजाजत प्रदान गरिएको ।
–१६७ ओटा नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुको अनुगमन तथा निरीक्षण भएको ।
–मास ल्यावको एक्रेडिटेशन नविकरण तथा भोल्युम ल्याव र केमिकल प्रयोगशालाको एक्रेडिटेशन विस्तार भै प्रमाण पत्र प्राप्त भैसकेको ।
–वैदेशिक प्रमाणिकरण कार्य गर्ने वारे सैद्धान्तिक स्वीकृती भै कार्यान्वयनमा ल्याईसकेको ।
–नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०७३ परिमार्जनको लागि म.प. बाट सैद्धान्तिक सहमति भैसकेको र ऐनको मस्यौदा समेत तयार भैसकेको ।
–१३ वटा नेपाल गुणस्तर निर्धारण भएको र १० वटा नेपाल गुणस्तर पुन निरिक्षण भएको ।
–पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको क्यालिब्रेसनको लागि बल्क म्यूजरमेन्ट सम्वन्धी हेटौंडा औद्योगिक क्षेत्रमा प्रुभिङ्ग टावर निर्माण कार्य सम्पन्न भएको ।
–भारतको ब्यूरो या इन्डियन स्टैण्डर्ड र चिनको दि स्टैण्डराइजेशन एडमिनिष्ट्रेसन सित एओयू गर्ने प्रकृया अघि बढाईएको ।
–एजोडेएस र पेस्टिसाइड रेसिड्यूको परिक्षण सेवा सुरु गरिएको ।
अन्तराष्ट्रिय लगानी सम्मेलन
–२१ वटा देशहरुका २५० जना विदेशी तथा ५०० जना भन्दा बढि नेपालीहरुको उपस्थितीमा २ दिनसम्म आयोजित अन्तराष्ट्रिय लगानी
सम्मेलन सम्पन्न
–उर्जा, पूर्वाधार विकास,पर्यटन,खानी,हस्पिटल लगाएतका क्षेत्रमा लगानी गर्नको लागी ज्ञद्ध खर्वको प्रतिवद्धता भएको
–प्रमुख ३ दलको शिर्ष नेताहरुबाट लगानीकर्तालाई लगानीका लागि अनुकुल वातावरण निर्माण गरिने प्रतिवद्धता ।
–आगामी १० बर्ष भित्र रोजगारीको अवसर सृजना गरी नेपाली युवाहरुलाई रोजगारिका लागि विदेशमा जान वाध्य नहुने अवस्थाको सृजना गरिनेछ । यस उद्देश्य प्राप्तिका लागि यसै आ.व. देखी रोजगारीका विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिने र स्वदेशी लगानी तथा उद्यमशीलहरुका लागि प्रोत्साहन गर्दै नेपाललाई विदेशी लगानीको गन्तव्य बनाउने उक्त सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।
–लगानी सम्मेलनबाट विदेशी लगानी कर्ताहरुले गरेको प्रतिवद्धता अनुरुप उक्त कार्यहरुको कार्यान्वयनका लागि फलो अप कमिटि निर्माण गरी कार्य अगाडी बढाइएको ।
नेपाल आँखा कार्यक्रम अन्तर्गत कृत्रिम लेन्स निर्माण
–नेपाल आँखा कार्यक्रमले उत्पादन गरिरहेको आँखाको लेन्स उत्पादन कार्यक्रमलाई सघाउन उद्योग मन्त्रालयले सहयोग गर्ने सम्वन्धमा नेपाल आँखा कार्यक्रम र उद्योग मन्त्रालयबीच सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
–उद्योग मन्त्रालयले लेन्स उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगको रुपमा स्थापित गर्न आवश्यक सहजिकरण गर्ने छ । सो उद्योगको उत्पादन बृद्धि प्रवद्र्धन तथा संरक्षणका लागि आवश्यक भौतिक आर्थिक तथा नीतिगत सहयोगको लागी आवश्यक सहयोग गर्ने ।
एनआरएनसँग उद्योग मन्त्रालय
–विदेशमा बस्ने गैह्र अवासिय नेपाली (एनआरएन) लाई नेपालमा उत्पादित स्वदेशी वस्तुहरुको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले विदेश भ्रमणका क्रममा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । यसै क्रममा नेपाली वस्तुको उपयोग बढाउन विभिन्न मुलुकका गैह्र अवासिय नेपाली संघसँग सम्झौता समेत गरिएको छ ।
–नेपालको आर्थिक विकासमा एनआरएनहरुको महत्वपूर्ण भूमिका रहेन हुँदा विभिन्न कार्यक्रमहरु मार्फत एनआरएनको नेपालमा लगानी बढाउनका लागि प्रेरित गरिएको छ साथै एनआरएनको प्रतिनिधि रहने गरी २ वटा कार्य समिति समेत एनआरएनको सहभागितालाई सुनिश्चित गरी नेपालको आर्थिक विकासमा एनआरएनको लगानी सुनिश्चित गर्ने प्रयास गरिएको छ ।
अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सहभागिता
युनाईटेड नेशनस् इन्डस्ट्रियल डेभलपमेन्ट अर्गनाइजेसनको बैठकमा सहभागी भई सो अर्गनाइजेसनको सम्पर्क कार्यालय नेपालमा स्थापना गर्न र नेपालको औद्योगिक विकासमा सघाउन आग्रह गरिएको ।
–जापान सरकारको निमन्त्रणामा जापानका उद्योगी व्यवसायीहरुसँग छलफल गर्दै नेपाल लगानी र प्रतिफलका हिसावले उपयुक्त गन्तव्य रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरिएको ।
–नेपाल र वेलायतबीच दौत्य सम्वन्ध स्थापना भएको २०० बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी । वेलायतका मेयरको निमन्त्रणामा लन्डनमा आयोजित नेपालमा लगानी सम्वन्धी सम्मेलनमा सहभागी भई नेपालको उर्जा र पूर्वाधार क्षेत्रमा लगानी बढाउन वेलायत स्थित लगानी कर्ताहरुलाई आग्रह गरिएको ।
–न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्र संघिय मंचको मन्त्रिस्तरिय बैठकलाई सम्वोधन गर्दै नेपालमा लगानी गर्न र नेपालले दिगो विकास लक्ष २०३० हासिल गर्नका लागि गरेका कार्यहरुका वारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको ।
अन्य उपलब्धीहरु
–संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौंडा र उदयपुरबाट उत्पादित सिमेन्ट विक्रिबाट आउने प्रतिवोरा २ रुपैंयाका हिसावले बालबालिकाको शिक्षा स्वास्थ्थ र पोक्षणमा खर्च गर्ने गरी व्यवस्था गरिएको ।
–चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषदबाट निर्णय भई थप प्रक्रिया अगाडी बढाईएको ।
–उद्योग विभागका कार्यहरु अनलाईनबाट संचालन भएको ।
–कम्प्युटर रजिष्ट्रार फोरमको सदस्यता प्राप्ती भएको ।
–नेपाल औषधी लिमिटेडवाट औषधी उत्पादन कार्य शुरु भएको ।
–औद्योगिक पूर्वाधार निर्माणका लागी हेल्भेटाससँग एमओयू सम्झौता गरिएको ।
–नेपाल इन्जिनियसर्य एसोसिएसन र उद्योग मन्त्रालयबीच प्राविधिक सहयोग सम्वन्धमा एमओयू भएको ।
–नेपालमा उत्पादित घरेलु सामानहरुको अन्तराष्ट्रिय बजार प्रवर्द्धन गर्नको लागी जापान चेम्वर अफ कमर्ससँग सम्झौतामा हस्ताक्षर भएको ।
–औद्योगिक व्यवसाय विकास तर्फ उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण, उद्यमशीलता विकास लगाएत विविध किशिमका तालिमबाट ज्ञद्दद्दज्ञ जना लाभान्वित भएको ।
–घरेलु तथा साना उद्योगबाट भूकम्प प्रभावित जिल्लाहरुमा सिकर्मी, डकर्मी प्लम्विङ्ग लगाएतका तालिमहरु संचालन गरी घद्दण्ण् जना लाभान्वित हुनुका साथै दलित समुदायलाई लक्षित गरी भगत सर्वोजित सीपमूलक विकास तालीम अन्तर्गत ५००० जनालाई तालीम प्रदान गरी लाभान्वित भएको।अत्याधुनिक मेशिन औजार १० वटा जिल्लामा प्रयोग गर्न शुरु भएको ।
(जोशी पूर्वउद्योग मन्त्री हुनुहुन्छ ।)