२०८३ साउन १० आइतबार

मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०७४
3.5K
Shares
मिस नेवाः पूर्वाञ्चलको उपाधि आरजुलाई

२८ जेठ, झापा। मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् ।आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् ।

शनिबार राति सम्पन्न फाइनल अडिसनमा २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले सो उपाधि हात पारेकी हुन् । नेवाः देय दबू झापा शाखाको आयोजना तथा बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यवस्थापनमा भएको प्रतियोगितामा फस्ट रनर अप बिर्तामोडकी झर्ना श्रेष्ठ भइन् भने सेकेन्ड रनर अप बुधबारेकी सञ्जिता श्रेष्ठ घोषित भइन् ।

फष्ट रनरअपले नगद रु २१ हजारसहित सोही कलेजबाट ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरपले नगद रु ११ हजारसहित सोही कलेजबाट २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेको आयोजक समितिका ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij