२०८३ साउन १० आइतबार

मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
2.9K
Shares
मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा

२६ जेठ, भक्तपुर । चोरी, डकैतीलगायत आपराधिक घटना नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक–चोकमा सिसी क्यामरा जडान गरेको छ।

मध्यपुरथिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिका विभिन्न चोकमा गरी २० वटा सिसी क्यामरा जडान गरेको हो।

मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्न सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए। सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बैंकको बाहिर अनिवार्य सिसी क्यामरा राख्नसमेत निर्देशन दिएको छ।

प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मका चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ।

सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिन सहज हुने प्रहरीको भनाइ छ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij