२०८३ साउन १२ मंगलबार

चलचित्र ‘रातो घर’ हेरेपछि केपी ओलीले गरे तक्मे बुढाको खुलेर प्रसंसा

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
9.5K
Shares
चलचित्र ‘रातो घर’ हेरेपछि केपी ओलीले गरे तक्मे बुढाको खुलेर प्रसंसा

२६ जेठ, काठमाडौं । बिहीवार दिउँसो ओलीले तीनघण्टा चलचित्र हेरेर बिताए । चलचित्र हेरेर बाहिरीने क्रममा चलचित्रका बारेमा बोल्दै ओलीले रातो घर निकै कमेडियन र रमाइलो रहेको बताए।

oli

विल्सन बिक्रम राई ‘तक्मे बुढा’ अभिनित चलचित्र ‘रातो घर’ हेर्न बीग मुभिज पुगेका ओलीले रातो घरको रोमान्स र एक्सनले आफूलाई प्रभावित पारेको प्रतिक्रियासमेत दिए ।

सिनेमा हेरिसकेपछि चलचित्रका मुख्य पात्र तक्मे बुढालाई देखाउँदै ओलीले भने ‘मलाई जखमले भन्दा तक्मेबुढा भन्ने पात्र नै प्रिय लाग्छ ।’

साथै उनले रातो घरजस्तो सिनेमा हेरेपछि नेपाली सिनेमाको क्रमिक विकास हुँदै गएको अनुभुति भएको बताए ।

राम्रो र समसामायिक कथाबस्तु समेटेर निर्माण भएका चलचित्रले दर्शकको मन जित्ने समेत उनको भनाइ थियो ।

चलचित्रमा झापाको प्रसंग भएकाले आफूलाई चलचित्रले छोएको ओलीको भनाइ थियो ।

चलचित्र हेर्ने कार्यक्रममा एमाले नेता सुवास नेम्वाङ, भीम रावल लगायतका नेताहरु सहभागी थिए ।

oli-wilson

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij