२०८३ साउन ९ शनिबार

यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्पोट

ई आर्थिक    बिहिबार, जेष्ठ २५ २०७४
9.1K
Shares
यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्पोट

२५ जेठ, कीभ(यूक्रेन) । बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्पोट गराइएको तर घटनामा कसैलाई केही नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले बिहीबार जनाएको छ ।

प्रहरीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरी भनेको छ, “एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको कार्यालय परिसरमा स्थानीय समय अनुसार बुधबार मध्यरात (ग्रीनवीच समय अनुसार वुधबार ९ः०० बजे) फालेका र तत्कालै विष्पोट भएको थियो ।”

यूक्रेन सरकारले घटना आतङ्कबादी हमला भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

गत मार्चमा पनि यूक्रेनको पश्चिमी शहर लुट्स्कमा पोलाण्डका बाणिज्यदूतमाथि अपरिचित आक्रमणकारीले हमला गरेका थिए तर हमलाबाट उहाँ सकुशल उम्किन सफल हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij