२०८३ साउन ९ शनिबार

बेलायतमा आमनिर्वाचनको मतदान सुरु, आतङ्ककारी हमलाको त्रास बढ्दो

ई आर्थिक    बिहिबार, जेष्ठ २५ २०७४
4.2K
Shares
बेलायतमा आमनिर्वाचनको मतदान सुरु, आतङ्ककारी हमलाको त्रास बढ्दो

२५ जेठ, लन्डन । बेलायतमा बिहीबार आमनिर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार मतदान खुलेको जनाइएको छ ।

केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनमा सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।

बिहीबार हुने यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।

समाचारअनुसार निर्वाचन खुलेको छ र देशैभरि मतदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको उल्लेख छ ।

निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ ।

यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ ।

बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ ।

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उनको लोकप्रियता पछिल्लो समयमा घटेको छ । त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ । -एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij