२५ जेठ, काठमाडौं । सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद शेयर आजदेखि बिक्री खुला गरेको छ । सिद्धार्थ बैंक लिमिटेडले १० बराबर ३ (१०:३) को अनुपातमा १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
सो हकप्रदमा जेठ १४ सम्म कायम सेयरधनीले असार २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले सिद्धार्थ बैंकको हात्तिसार काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यसैगरी, लक्ष्मी क्यापिट मार्केटबाट पनि हकप्रदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
हाल सिद्धार्थको चुक्ता पुँजी ५ अर्ब २५ करोड ८ लाख ५९ हजार ३७५ रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १८८ रुपैयाँ पुग्नेछ ।