२०८३ साउन १० आइतबार

ट्राफिक प्रहरीद्वारा तीस करोड राजस्व सङ्कलन

ई आर्थिक    बुधबार, जेष्ठ २४ २०७४
3K
Shares
ट्राफिक प्रहरीद्वारा तीस करोड राजस्व सङ्कलन

२४ जेठ, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।

महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।

यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी रु २०० जरिवाना लिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij