२०८३ साउन ९ शनिबार

चीनले बनायो ट्रयाक बिनै चल्ने यस्तो रेल

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
4.4K
Shares
चीनले बनायो ट्रयाक बिनै चल्ने यस्तो रेल

२१ जेठ, एजेन्सी । चीनले ट्रयाक बिना चल्ने रेल बनाएको छ । चीनको हुनान प्रान्तमा यसको परीक्षण पनि गरिएको छ। चिनियाँ रेल निर्माता कम्पनीले सिआरआरसी जुजौ लोकोमेटिभले बनाएको उक्त रेल विद्युतीय हो। रेलमा सेन्सर जोडिएको हुन्छ। यो रेल बसजस्तै सडकमा गुड्छ।

३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

एटोनोमस रेल र्यापिड ट्रान्सिट (एआरटी) नाम दिइएको यस्तो खालको रेल साना सहरहरु जहाँ ठूला रेल मार्ग बनाउन महंगो हुन्छ त्यहाँका लागि उपयोगी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij