२०८३ साउन ११ सोमबार

‘सफा सहर’ अभियान सुरु: काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू

ई आर्थिक    बिहिबार, जेष्ठ १८ २०७४
4.6K
Shares
‘सफा सहर’ अभियान सुरु: काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू

१८ जेठ, काठमाडौँ । काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले आजदेखि ‘सफा सहर’ अभियान सुरु गर्नभएको हो ।

बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले आज बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा उक्त अभियानको सुरुवात गर्नुभएको हो ।

Clean-the-City

“काठमाडौँलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि मात्र होइन,” नगर प्रमुख शाक्यले भन्नुभयो ।

सोही अवसरमा उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण कार्य गर्न नगरवासीको सहयोगको आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij