२०८३ साउन ११ सोमबार

भारतमा प्रतिबन्धित भारु नेपाल ल्याउने गिरोह पक्राउ

ई आर्थिक    बुधबार, जेष्ठ १० २०७४
3.3K
Shares
भारतमा प्रतिबन्धित भारु नेपाल ल्याउने गिरोह पक्राउ

१० जेठ, काठमाडौं । प्रतिबन्धित ५०० र एक हजार दरका ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोहका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत हरियाणा घर भई बुढानीलकण्ठ नगरपालिका–२ बस्ने किरण बर्मा भन्ने किरणकुमार सोनी र अनिलकुमार सोनीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

हाल भारतले प्रतिबन्ध लगाएको भारु पाँचसय र एक हजारका नोटहरू विभिन्न नाकाहरू हुँदै अवैध तरिकाले नेपालमा भित्राई काठमाडौँलगायत विभिन्न स्थानहरूमा कारोबार भइरहेको सुराकीका आधारमा ब्युरोबाट अनुसन्धानमा खटिएको प्रहरीले किरणकुमारको डेराबाट सो रकम बरामद गरेको हो ।

कोठाबाट पाँचसय दरका दुई हजार ६०० थान तथा एक हजार दरका तीन हजार ७५० थान गरी जम्मा ५० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि ब्युरोले मङ्गलबार राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाएको छ । यसैगरी ब्युरोले संरक्षित वन्यजन्तु बाघको छाला र सालकको खपटासहित छ जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत दार्जिलिङका फुर्चुङ भोटिया, सङ्खुवासभा चेपुवा गाविस–५ बस्ने जुप्प लेण्डुक भोटे, खोटाङ कुभिण्डे गाविस बस्ने दिवश राई, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ बस्ने साजन बस्नेत, रामेछाप भिरपानी गाविस बस्ने अभिमन्यु खत्री र म्याग्दी बरङ्जा गाविस–१ बस्ने भरत सापकोटा रहेका छन् ।

संरक्षित वन्यजन्तु सालकको खपटा ४४ केजीसहित काठमाडौँको चावहिलबाट तथा संरक्षित वन्यजन्तु वाघको छाला एक थानसहित कलङ्कीबाट उनीहरूले प्रयोग गरेका को २४ प १२५७ नम्बर र बा ६४ प ३३५८ नम्बरका पल्सर मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij