२०८३ साउन १० आइतबार

अमेरिकाको लस एन्जलसमा ट्रक र विमान जुध्दा आठ घाइते

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
7.7K
Shares
अमेरिकाको लस एन्जलसमा ट्रक र विमान जुध्दा आठ घाइते

८ जेठ, लस एन्जलस। व्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् ।

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकैे ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ ।

नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक फनक्कै एक फन्का घुमी पल्टिएको थियो । ट्रकमा सवार दुई महिलासहित आठजना आपूर्ति कर्मचारीहरु घाइते भएकामा दुबै जना महिलाको स्थिति भने गम्भीर रहेको लस एन्जलस विमानस्थल अग्नी नियन्त्रण प्रमुखले जानकारी दिएका छन् ।

विमानमा सवार एकसय चयालिस जना जति यात्रु र चालक दलका सदस्यमध्ये कसैलाई पनि केही भएको छैन । तर, बिमानको दायाँ पट्टिको पखेटा नराम्ररी क्षति भए तापनि इन्धन पोखिने वा आगलागीका कुनै पनि घटना हुन नपाएको समेत जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij