२०८३ साउन १० आइतबार

झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
4.9K
Shares
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

८ जेठ, सुरुङ्गा(झापा)। वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ ।

महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।

चेम्जोङले फाउन्डेसनलाई रु एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij