२०८३ साउन ९ शनिबार

बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०७४
3K
Shares
बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

७ जेठ, काठमाडौं । रुकुम बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण मुसिकोट नगरपालिका ८ उदिनढुंगाका बुद्धिप्रसाद बुढा तत्कालिन माओवादीले थालेको सशस्त्र युद्धमा होमिए ।

२०५५ देखि २०६२ सम्म भएका अधिकांश लडाइँमा उनको सहभागिता केहीमा बाहेक छुटेको छैन । जुम्ला सदरमुकाम कब्जाका क्रममा छातीमा १ र बायाँ हातमा ४ गोली लागेर पनि उनले लड्न छाडेनन् ।

बटालियन कमान्डर रहेका उनी अन्य लडाकुसँगै क्यान्टोनमेन्टमा बसे । समायोजनपछि स्वैच्छिक अवकासमा निस्किए ।ऋणधन गरेर किनेको ग १ ज २२८० नम्बरको गाडी ४ बर्ष चलाएका बुढाको हातमा अब सिंगै वडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ ।

३५ बर्षीय बुढालाई मुसिकोट नगरपालिका वडा नम्बर ८ का मतदाताले वडाध्यक्षमा जिताएका छन् । अाजकाे कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij