२०८३ साउन ९ शनिबार

दुई सय रुपैयाँले घट्यो सुनको भाउ

ई आर्थिक    शुक्रबार, जेष्ठ ५ २०७४
3.9K
Shares
दुई सय रुपैयाँले घट्यो सुनको भाउ

५ जेठ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । बिहिबार ह्वातै १ हजार रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला २ सय रुपैयाँले घटेर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

झण्डै एक सातासम्म स्थिर रहेको सुनको मूल्य बिहिबार भने प्रतितोला हजार रुपैयाँले बढेको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार चाँदी तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij