२०८३ साउन १२ मंगलबार

नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान

ई आर्थिक    मंगलबार, जेष्ठ २ २०७४
3.8K
Shares
नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान

२ जेठ, गौशाला । महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् ।

स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी, गोपी पोखरेल, रामजी महतो, अर्जुनसिंह ठकुरी, शेखरकपिल हमाल र लालबहादुर हमाललगायतले दुई कठ्ठा १० धुर जग्गा दिनुभएको हो ।

बर्दिवास नगरपालिका कार्यालय निर्माणका लागि स्थानीयवासीले आफ्ना करोडाँै मूल्य पर्ने जग्गा दान दिएपछि नगरपालिकाले उनीहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी नारायणसिंह ठकुरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij