२०८३ साउन ९ शनिबार

भारी वर्षाले मतदान प्रभावित

ई आर्थिक    आइतबार, बैशाख ३१ २०७४
2.1K
Shares
भारी वर्षाले मतदान प्रभावित

३१ वैशाख, गोकर्ण । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र ४ तथा कागेश्वरी नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतदान केन्द्रमा मतदान प्रभावित भएको छ ।

शङ्खरापुर नगरपालिकाका सम्पूर्ण मतदान केन्द्रमा वर्षाले मतदान प्रभावित भएको र पानी रोकिनेबित्तिकै चुनावी काम पुनः सञ्चालन गरिने नगर निर्वाचन अधिकृत निर्मला शर्मा सुवेदीले राससलाई जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij