३१ वैशाख, काठमाडौं । आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको झोलामा आज बिहान फेला परेको प्रेसरकुकर बम तत्काल प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
यस्तै भक्तपुर मध्यपुरथिमि नगरपालिकाका प्रमुखका लागि नेकपा(एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि ‘खतरा’ लेखिएको पोकाभित्र आज बिहान फेला परेका सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहितको टोलीले निष्क्रिय पारेको छ ।
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने वस्तु तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, विन्द्रासैनीमा ‘खतरा’ लेखिएको बोतल बम फेला परेकामा प्रहरी टोली खटी नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै नुवाकाेटकाे बेलकाेट ४ पञ्चासे मावि केन्द्र नजिकै अाइतबार शक्तिसाली बम बिस्फाेट भएकाे छ । स्थानीय निकायकाे निर्वाचन अन्तरगत पञ्चासे मावि केन्द्र बाहिर पटी साे बम बिस्फाेट भएकाे हाे । घटनापछि सर्वसाधरण लगायत मतदाताहरूपनि भयभित बनेका छन । बम कस्ले र किन राखेकाे हाे साे काे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ । हाल घटनास्थलमा बाक्लाे शुरक्षाकर्मिहरू परिचालन गरिएकाे प्रहरीप्ले जनाएकाे छ ।
स्थानीय तहको ऐतिहासिक निर्वाचन हुँदै गर्दा यसरी ठाउँ ठाउँमा बम र विस्फोटक पदार्थ भेटिरहेका छन् । जसले गर्दा मनव क्षति हुने खतरा यथावत रहेको छ । आफुलाई सुरक्षित राखौ र कही कतै संकाश्पत बस्तु भेटिए नजिकको प्रहरीलाई खबर गरौ । जनहितमा जारी ।