२०८३ साउन १० आइतबार

धादिङमा नब्बे वर्षीय वृद्धहरुबाट मतदान सुरु

ई आर्थिक    आइतबार, बैशाख ३१ २०७४
4.4K
Shares
धादिङमा नब्बे वर्षीय वृद्धहरुबाट मतदान सुरु

३१ वैशाख, दार्खा (धादिङ)। धादिङ–सदरमुकाम नीलकण्ठस्थित मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरुबाट मतदान आरम्भ गरिएको छ ।

नीलकण्ठ–३, निवासी ९० वर्षीय रुपलाल श्रेष्ठले मतदान गरी स्थानीय निर्वाचनको मतदान आरम्भ गरिएको हो । रुपलाल मात्रै नभई ९० वर्षीय पुष्पराज सापकोटा, ८४ वर्षीय दिलबहादुर अमात्य, जीवनाथ रिजाललगायत वृद्ध र अशक्तलाई आरम्भमै मतदान गर्न दिइएको निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताउनुभयो ।

हाल एक नगरपालिका र थप तीन गाविस समायोजन गरी बनाइएको १४ वडामा विभाजित नीलकण्ठ नगरपालिकमा ५८ हजार ५१५ जनसङ्ख्या छ । यसमध्ये पुरुष १५ हजार ८९० र १७ हजार २०९ समेत जम्मा ३३ हजार ९९ मतदाता रहेका छन् ।

मतदान गर्न मतदाताहरु बिहान ५ बजेदेखि नै लामबद्ध थिए । सुरक्षाकर्मीले अशक्त, वृद्ध, गर्भवतीलाई प्राथिमकता दिएका थिए ।

एउटै संस्थाका चारजना पर्यवेक्षक एउटा मतदान केन्द्रमा उपस्थित भएपछि काम गर्न कठिनाइ भएको सुरक्षाकर्मीले बताएका छन् । कर्मचारीले उम्मेदवारका प्रतिनिधिभन्दा निर्वाचन पर्यवेक्षण गर्नेको हुल भएको प्रतिक्रिया दिएका छन् ।

जिल्लाका १०९ मतदानस्थलका २५१ केन्द्रमा शान्तिपूर्वक मतदान आरम्भ भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij