२०८३ साउन १० आइतबार

ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

ई आर्थिक    आइतबार, बैशाख ३१ २०७४
3.8K
Shares
ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु

३१ वैशाख, रत्ननगर (चितवन)। चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ ।

शनिबार साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक भने सम्पर्कमा नरहेको र खोजी भइरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

यता पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij