२०८३ साउन ९ शनिबार

एमाले नेता केशव बडाललाई हृदयघात

ई आर्थिक    शनिबार, बैशाख ३० २०७४
4.1K
Shares
एमाले नेता केशव बडाललाई हृदयघात

३० वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदका सभापति तथा सांसद केशव बडाललाई हृदयघात भएको छ। स्रोतका अनुसार सांसद बडाललाई शुक्रबार साँझ घरमै बसिराखेको अवस्थामा हृदयघात भएको हो।

चाबहिल घरमा बसेकै अवस्थामा बडाललाई साँझ करिब पाँच बजेतिर हृदयघात भएपछि नजिकैको हेल्पिङ हृयाण्ड अस्पताल लगिएको थियो। उक्त अस्पतालले टिचिङ रिफर गरेपछि अहिले उहाँको उपचार टिचिङ अस्पताल महाराजगञ्जमा भइराखेको छ।
स्रोतका अनुसार बडाल अहिले खतरामुक्त हुनु भएको छ।

बडाल राष्ट्रिय सहकारी संघको केन्द्रीय अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij