२०८३ भाद्र ३० मंगलबार

चुनावको दिन पर्यटकका लागि सरकारी बस चल्ने

ई आर्थिक    शुक्रबार, बैशाख २९ २०७४
4.4K
Shares
चुनावको दिन पर्यटकका लागि सरकारी बस चल्ने

२९ वैशाख, काठमाडौँ । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार हुने मतदानको दिन सार्वजनिक तथा निजी सवारीसाधन नचल्ने भएपनि पर्यटकका लागि सरकारी बस चल्ने भएका छन् ।

मतदानको दिन पर्यटकलाई पर्ने असरलाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पर्यटक बस चलाउन लागेको हो ।

मतदानको दिन नेपाल आउने पर्यटकलाई त्रिभुवन विमानस्थलदेखि काठमाडौं र ललितपुरका विभिन्न होटलसम्म पुर्याउन बोर्डले बसको व्यवस्था गर्ने छ ।

पर्यटक प्रहरीसँगको सहकार्यमा सञ्चालन हुने ती बसहरु बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij