२०८३ साउन ९ शनिबार

चीनमा भूकम्प: आठ जनाको मृत्यु, २३ जना घाइते

ई आर्थिक    बिहिबार, बैशाख २८ २०७४
4K
Shares
चीनमा भूकम्प: आठ जनाको मृत्यु, २३ जना घाइते

२८ वैशाख, सिन्जिआङ(चीन)। चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्

भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ । भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय जना स्वयमसेवकहरु उद्धारका लागि क्रियाशिल रहेका छन् ।

भूकम्पपिडितहरुका लागि सहयोग सामग्रीहरु घटनास्थलमा पु¥याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रका घरहरुको पर्खाल चर्किएको देखिएको छ । भूकम्पको केन्द्रविन्दु भएको ठाँउमा क्षतविक्षत भएर भत्कीएका घरहरु हटाउने कार्य भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij