२०८३ साउन ९ शनिबार

पोेखरी खन्दा कालो पथ्थरको कलात्मक मूर्ति भेटियो

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
5.9K
Shares
पोेखरी खन्दा कालो पथ्थरको कलात्मक मूर्ति भेटियो

२७ वैशाख, सप्तरी । सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ ।

सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन देखि चार फिट अग्लो एउटै कालो पथ्थरमा विष्णु, हुनमानजीलगायत आकृति देखिएका विभिन्न किसिमका कलात्मक मूर्ति फेला परेको स्थानीयवासीले जनाकरी दिएका छन् ।
फेला परेको मूर्तिलाई स्थानीयवासीले रामनगरस्थित एक मन्दिरमा प्रतिस्थापित गराई पूजाअर्चना समेत गर्ने गरेको जनाएको छ ।

मूर्ति फेला परेको स्थान र मन्दिरमा मूर्ति हेर्नका लागि हजारौंको भिड लागेको स्थानीय रामकुमार यादवले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij