२०८३ साउन ९ शनिबार

तनहुँ जलविद्युत् प्रभावित १७० जनालाई मुआब्जा वितरण

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
4.6K
Shares
तनहुँ जलविद्युत् प्रभावित  १७० जनालाई मुआब्जा वितरण

२६ वैशाख, दमौली। तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताउनुभयो । जग्गाको अवस्था हेरेर प्रतिरोपनी रु दुई लाखदेखि रु आठ लाखसम्म मुआब्जा दिइएको जानकारी उहाँले दिनुभयो ।

आयोजनाको बाँधस्थल साबिक काहुँ शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ ।

त्यस क्षेत्रका बासिन्दाका लागि रु ६५ करोड ७० लाख मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताउनुभयो । आयोजनाले एक हजार २५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ ।

आयोजनाले ४ वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना रु एक लाखदेखि रु तीन लाखसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले १३८ रोपनी जग्गा प्राप्त गर्दा रु ४२ करोड मुआब्जा वितरण गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij