२०८३ साउन १२ मंगलबार

राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख अनुदान

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
2.8K
Shares
राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयद्वारा पाँच लाख अनुदान

२६ वैशाख, काठमाडौँ । आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले रु पाँच लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले सो सहयोग गरेको हो । विसं २०७२ पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा शाहीकोे पाखुरा, ढाड र पेट जलेको थियो ।

जलेको एक वर्षपछि उपचारका लागि सहमत भएपछि उनलाई राजधानीमा ल्याई उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाह्र वर्षको एक पटक राउटेको महाकुलपूजा पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij