२०८३ साउन ११ सोमबार

‘सेतो हात्ति’ बन्दै बाग्मति ढल प्रशोधन केन्द्र, बिजुलीलगायत बार्षिक ४ करोड बढी अनुत्पादनमुलक खर्च

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
3.5K
Shares
‘सेतो हात्ति’ बन्दै बाग्मति ढल प्रशोधन केन्द्र, बिजुलीलगायत बार्षिक ४ करोड बढी अनुत्पादनमुलक खर्च

२७ वैशाख, काठमाडौं।  उपयोगिताको दृष्टिकोणले प्रयोग हुन नसकेको भनिएको ढल प्रशोधन केन्द्र ‘सेतो हात्ति’ बनिरहेको छ । उद्देश्य अनुरुप पूर्णरुपमा उपयोगमा नआए पनि सो केन्द्र सञ्चालनमा अहिले बार्षिक ४ करोड भन्दा बढी रकम खर्च भइरहेको छ । सो कुराको पुष्टि केन्द्र सञ्चालन गर्ने संस्था अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिले जानकारी दिएको छ । उक्त केन्द्र स्थापना गर्नुको उद्देश्यमा सफल नभए पनि काम भने गरिरहेको सो समितिले जानकारी दिएको छ ।

bagmati-fohor5

गोकर्ण फाँटदेखि गुह्ेश्वरीसम्मको ढलको पानीलाई यो केन्द्रले प्रशोधन गर्ने लक्ष्यका साथ काम थालेको थियो । ती स्थानबाट आउने ढलबाट पहिले २५० वायोलोजिकल अक्सिजन डिमान्ड (विओडी), ११५० कार्वन अक्सिजन डिमान्ड (सीओडी), इन्फ्यूलेन्ट १९० लिटर प्रति सेकेन्ड र पानीमा तैरिएर बस्ने पदार्थ (सस्पेन्डेड सोलिड) २१६ मिलिग्राम प्रति लिटर थियो ।

bagmati-fohor2

सो मात्रालाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको सो केन्द्र लक्ष्यमा सफल हुन सकेको देखिदैन । केन्द्रका अनुसार पहिलाको २५० बीओडीलाई झारेर २५ मा आएको छ भने ११५० रहेका सीओडी २५० मा पु¥याएको छ । त्यसैगरी २१६ मिलिग्राम सस्पेन्डेड सोलिडलाई अहिले १०० मा झरेको छ । त्यस्तै स्क्रिनिङ्ग २.३ घना मिटर प्रतिदिन रहेको केन्द्रले जानकारी दिएको छ ।

bagmatifohor6

२० बर्षसम्म आईपुग्दा पनि यो केन्द्र आफ्नो लक्ष्य र उद्देश्यमा सफल हुन सकेको देखिदैन । यो लक्ष्य अनुरुप काम नहुनुमा पानी प्रयोग कम हुनु, जनघनत्व बढी हुनुलाई देखाएर समिति पन्छिने गरेको छ । समितिका एक इन्जिनियरले भने– ‘पहिलाको अनुपातलाई लक्षित गरेर पूर्वाधार बनाईयो । तर अहिले बढ्दो जनघनत्वले धानेन ।’ अहिले जनघनत्व बढेसँगै पानीको अभाव भएकाले सरसफाईमा पानी कम प्रयोग गरेकाले पनि लक्ष्य अनुरुप प्रशोधन हुन नसकेको उनले बताए ।

bagmati-fohor4

सो केन्द्र सञ्चालन गर्दा बिद्युत शिर्षकमा मात्रै बार्षिक तीन करोड २५ लाख खर्च भइरहेको छ । त्यस्तै मर्मत शिर्षक, कर्मचारी परिचालनलगायत सो केन्द्रका खर्चहरु रहेका छन् । हाल उक्त प्लान्ट अपरेटर ५ जना रहेका छन् ।

bagmatifohor7

यो नेपालकै पहिलो र एकमात्र यस्तो प्रकारको ट्रिटमेन्ट प्लान्ट हो । २०५४ सालमा स्थापना भएको यो प्लान्ट २० बर्ष पुग्न लागिसकेको छ । यो केन्द्र १२ करोड लगानीमा निर्माण गरिएको थियो । समितिले भने यसलाई नेपालकै धरोहरको रुपमा लिएको छ ।

पशुपति क्षेत्र पूर्वबाट आएर वाग्मतिमा मिसिने ढललाई प्रशोधन गरिएको शुद्ध पानीलाई पुनः बाग्मतीमा मिसाउने लक्ष्य र उद्देश्यका साथ उक्त प्रशोधन केन्द्र स्थापना भएको थियो । गुह्ेश्वरीमा जम्मा भएको सो पानीलाई पशुपति क्षेत्रलाई बचाउदै पिङलास्थानको बाग्मतीमा मिसाइएको छ ।

bagmati-fohor3

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij