२०८३ साउन ९ शनिबार

बझाङमा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित, नौजनाको मृत्यु

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
4.3K
Shares
बझाङमा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित, नौजनाको मृत्यु

२२ वैशाख, बझाङ । जिल्लामा पुरुषभन्दा बढी महिला एचआइभी सङ्क्रमित भएको बझाङ जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्राप्त तथ्याङ्कअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभीे सङ्क्रमण देखिएको हो । एकसयपन्ध्र एचआइभी सङ्क्रमितमध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताउनुभएको छ । तीमध्ये नौ एचआइभी सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य बताइएको छ । बालबालिका तथा महिलामा बढी एचआइभी सङ्क्रमण हुनुको प्रमुख कारण रोजगारीका लागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीका कारण महिला तथा बालबालिका समेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा ५८ जनाले मात्र एआरटी सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ ।

पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको सबैभन्दा बढी सङ्क्रमित रायल गाविसमा नौजना सङ्क्रमित रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij