२०८३ साउन ९ शनिबार

बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हातिलको शोरुम अब नेपालमै

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
11.2K
Shares
बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हातिलको शोरुम अब नेपालमै

१९ वैशाख, काठमाडौँ । बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हतिलको शोरुम नेपालमै पहिलो पटक स्थापना भएको छ । बंगलादेशमा हतिल कम्प्लेक्स कम्पनी विशेषगरी आधुनिक डिजाइन र विभिन्न कलात्मक फर्निचरकालागी प्रसिद्ध छ ।

नेपालमा अखिल ट्रेडीङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो, जुन नेपालको आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

यसको शोरुम काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा छ । सुपथ मुल्यमा अधिकतम कलात्मक डिजाइनहरुका साथै सुन्दर र आधुनिक फर्निचरहरुले फर्नीचर पारखीहरुको मन जित्ने कम्पनीको विश्वास छ ।

आपूर्तीमन्त्री दिपक बोहोराले शोरुमको उद्घाटन गर्नुभयो । उहाले पछिल्लो समय गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण विभिन्न खालका गुणस्तरीय फर्निचरका लागि चर्चित ब्राण्ड हातिल रोजाइमा पर्ने बताउनुभयो ।

आधिकारीक विक्रेता अखिल ट्रेडीङका अध्यक्ष अखिलकुमार चापागाईले अमेरीका, रुस, क्यानडाका साथै थाइल्याण्ड र भुटानमा समेत शोरुम स्थापना गरी विश्वब्यापी रुपमा ग्राहकको मन जित्न सफल हातिललाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अध्यक्ष चापागाइले यो फर्निचरले नेपाली ग्राहकहरुको मन जित्दै जिवनस्तर सहज र सुविधासम्पन्न बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सेलीम एच रेहमानले गुणस्तरीय फर्नीचर ब्राण्डको रुपमा हातिल विश्वमै स्थापित गर्ने मात्र नभइ बंगलादेशलाई विश्वमै चिनाउने पनि सपना भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij