२०८३ साउन ९ शनिबार

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
3.1K
Shares
पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

१९ वैशाख, सुरुङ्गा(झापा)। झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानव खप्परसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij