२०८३ साउन ११ सोमबार

उपत्यका वरपर बनाइँदै छ चार नयाँ सहर, कहाँ–कहाँ बन्ने भो ?

ई आर्थिक    मंगलबार, बैशाख १९ २०७४
5.9K
Shares
उपत्यका वरपर बनाइँदै छ चार नयाँ सहर, कहाँ–कहाँ बन्ने भो ?

१९ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा ४ नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाभित्र मात्र जनसंख्याको चाप बढी हुँदा अव्यवस्थित सहरीकरण बढ्दै गएको भन्दै सरकारले नयाँ सहर निर्माणको प्रक्रिया अघि बढाएको हो ।

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई एक साताभित्र नयाँ सहर निर्माणका लागि आवश्यक लगानी, समय र लाभान्वितको संख्या र स्वरुपसहितको स्पष्ट खाका ल्याउन निर्देशन दिएको छ ।

बिहीबार सहरी विकास मन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरणको भौतिक विकास समितिले नयाँ सहर निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बुझाउन निर्देशन दिएको छ ।

चार दिशामा चारवटा नयाँ सहर निर्माण गर्नका लागि प्रक्रिया अन्तिम चरणमा पुगेकोले एक साताभित्र सम्पूर्ण डिपिआर बुझाउन निर्देशन दिएको मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए । नयाँ बन्ने सहर काठमाडौंको पूर्व–उत्तर, उत्तर–पश्चिम, पूर्व–दक्षिण र दक्षिण–पश्चिममा बनाइने छ । काराेबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij