२०८३ साउन १२ मंगलबार

कटारीका बैंकमा एटिएम सेवा नहुँदा सेवाग्राही मारमा

ई आर्थिक    आइतबार, जेष्ठ १४ २०७४
3.1K
Shares
कटारीका बैंकमा एटिएम सेवा नहुँदा सेवाग्राही मारमा

१४ जेठ, गाईघाट(उदयपुर)। उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र कटारी बजारका सरकारी तथा निजी बैंकमा अहिलेसम्म पनि बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राही मारमा परेका छन् ।

कटारी क्षेत्रमा रहेका झन्डै आधा दर्जन सरकारी तथा निजी बैंकले एटिएम सेवा सुचारु नगर्दा बैंकमा कारोबार गर्ने र रकम निकाल्ने सेवाग्राहीले कष्ट भोग्नु परेको कटारी– ७ का मञ्जु कार्कीको दुःखेसो छ ।

कटारी बजारकै एक व्यापारी केशव श्रेष्ठको पनि गुनासो उस्तै छ । श्रेष्ठ भन्नुहुन्छ ,“जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र भएर पनि अझैसम्म कटारीका बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राहीले दश हजार रकम बैंकबाट लिन पनि दुई घन्टा भन्दा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।”

अझ राष्ट्रिय वाणीज्य बैंक कटारी शखामा त रकम लिनको लागि एटिएम सेवा नहुँदा झनै धेरै समयसम्म लाइनमा बस्नुपर्ने अर्का स्थानीय व्यवसायी मोहन दाहालको गुनासो छ । अहिले कटारीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत एनएमबि बैंकसहित आधादर्जन अन्य बैंक छ ।

वर्षौंदेखि एटिएम मेसिन राख्न प्रयास गरे तापनि सफल नभए पनि आफूले प्रयास गर्दै आएको राष्ट्रिय वाणीज्य बैंकका कटारीका शाखाका प्रमुख उमापति बास्तोला बताउनुहुन्छ ।

यस्तै अन्य बैंकले पनि एटिएम मेसिन राख्ने प्रयास भइरहेको बताएपनि कार्यान्वयनमा बेवास्था हुँदा सामान्य रकम बैंकबाट निकाल्न पनि लाइनमा बसेर बिताउन बाध्य हुन परेको सेवा ग्राहीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij