२०८३ साउन ११ सोमबार

पुनर्निर्माणका लागि उद्योगपतिबाट सस्तोमा सामान प्राप्त गर्न तयारी

ई आर्थिक    मंगलबार, बैशाख १२ २०७४
2.4K
Shares
पुनर्निर्माणका लागि उद्योगपतिबाट सस्तोमा सामान प्राप्त गर्न तयारी

१२ वैशाख, काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले भूकम्पपछिको पुनःनिर्माणको काम सोचेअनुसार हुन नसकेको बताउनुभएको छ ।

गोरखा भूकम्प गएको दोस्रो वर्षका अवसरमा जाइकाको आर्थिक सहयोगमा आज खानी तथा भूगर्भ विभागले आयोजना गरेको ‘नेपालमा भूकम्पीय विपद्को मूल्याङ्कन– गोरखा भूकम्पले सिकाएको पाठ’ विषयको गोष्ठीमा मन्त्री जोशीले पुनःनिर्माणका लागि उद्योगपतिबाट सस्तोमा सामान प्राप्त गर्न सरकारले तयारी थालेको स्पष्ट पार्नुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले बलियो संरचना बनाउनका लागि भूकम्पले पाठ सिकाएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले बजेटमा पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान भूकम्प जाने मुलुक भएकाले त्यहाँबाट पुनःनिर्माणसम्बन्धी पाठ सिक्न आग्रह गर्दै जापान नेपालको विकासमा सहयोग गर्न सकारात्मक रहेको बताउनुभयो ।

विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले भूकम्प गएको समय र भूकम्पमापन केन्द्र स्थापनामा जापान सरकारको ठूलो सहयोग छ भन्दै आगामी दिनमा पनि यस्तो सहयोगको खाँचो औँल्याउनुभयो । गोष्ठीमा नेपाल, भुटान, जापानलगायत मुलुकका भूगर्भविद्ले आआफ्नो देशमा गएको भूकम्पको अनुभव र अपनाउनुपर्ने सावधानी र पुनःनिर्माणबारे छलफल गर्नुहुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij