२०८३ साउन ११ सोमबार

वैशाख १५ देखि भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने

ई आर्थिक    सोमबार, बैशाख ११ २०७४
3.3K
Shares
वैशाख १५ देखि भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने

११ वैशाख, काठमाडौं । बैंकिङ, बिमा तथा सेयर बजारलाई लक्षित गर्दै आगामी वैशाख १५ गते देखि राजधानीको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो हुने भएको छ।

आम नागरिकलाई बैंक, बिमा तथा सेयर बजार सम्वन्धमा चेतना अभिबृद्धि गर्ने उद्देश्यले मेला आयोजना हुन लागेको हो। तीन दिनसम्म हुने मेलामा नेपाल राष्ट्र बैंक, बिमा समिति, नागरिक लगानी कोष, यूवा स्वरोजगार कोष, नेपाल क्लीयरिङ हाउस, गैरसरकारी एवं सरकारी वित्तीय तथा बैंकिङ संघसंस्था, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स तथा रेमिट्यान्स कम्पनीहरुको करिव ४५ स्टलहरु संचालन हुनेछन्।

नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा हुन लागेको एक्स्पोमा बिमा समिति, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसियसन, नागरिक लगानी कोष, मर्चेन्ट बैंकर्स एसोसियसन तथा अन्य संघसंस्थाहरुको आबद्धता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij