८ वैशाख, काठमाडौं । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए २ नेपालको पाँचौ महाधिवेशन भोलि काठमाडौँमा हुने भएको छ । क्लबले आज काठमाडौंस्थित ठमेल ईको रिसोर्टमा पत्रकार सम्मेलन जारी गरी सो जानकारी दिएको हो ।
सो महाधिवेशनले डिष्ट्रिक गभर्नर,प्रथम भाइस डिष्ट्रिक गभर्नर,द्धितिय भाइस डिष्ट्रिक गभर्नरको निर्वाचन गर्नुका साथै क्लबको वार्षिक कार्ययोजना पारित गर्ने प्रेस संयोजक तथा लायन मोहन लम्सालले बताउनुभयो । उहाँले लायन्सले प्रत्येक वर्ष २० हजार नेपालीलाई निशुल्क आँखाको मोतियाबिन्दुको उपचार गर्ने गरेको जानकारी दिनुभयो ।
साथै कार्यक्रम महाधिवेशन समितिका कन्भेनर लायन केशव पाण्डेले लायन्सले सामाजिक कार्यको साथै नेपालको पर्यटनलाई समेत देश विदेशमा प्रचार-प्रसार गर्दै आएको जानकारी दिनुभयो ।
लायन्स क्लबको सराहनीय कार्यहरु
विश्वको सवभन्दा ठुलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण,स्वास्थ्य शिविर,आखाँ अस्पताल निर्माण,भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
२०७२ सालको भूकम्पपछि क्लबले विद्यालय भवन निर्माणलगायतका विकास निर्माणमा रु ५५ करोडको सहयोग गरेको छ ।
लायन्स क्लब स्थापनाको सय बर्ष पुग्दै
अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ तारिखमा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएकोमा हाल सन् २०१७ को जुनमा यो सय बर्ष पुग्दैछ । स्थापना भएपछि विश्वका करिब १० करोड मानिसलाई लायन्सले भोक,रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । जसअन्तर्गत यस् अवसरमा समेत लायन्सले बिभिन्न कार्यक्रम तथा कार्यहरुको योजनामा जुटिसकेको बताइेको छ ।
नेपालमा सन् १९७१ मा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गर्नु भएको थियो ।
विश्वमा करिब १४ लाख लायन्सका स्वयम्सेवक कार्यरत छन् भने नेपालमा मल्टिपल डिष्ट्रिक ३२५ अन्तर्गतका चारवटा डिष्ट्रिकमा २५ हजार भन्दा बढी लायन्स सदस्यहरु रहेका छन् ।