काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले काभ्रेको जनागल पुल बजारमा आफ्नो १० औं शाखा संचालनमा ल्याएको छ । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
हाल फाइनान्सको निक्षेप संकलन ३ अर्ब ४१ करोड, कर्जा प्रवाह ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । फाइनान्सको चुक्ता पूंजी ५७ करोड ८६ लाख रुपैयाँ रहेकोमा २ बराबर १ अनुपातको हकप्रद शेयर निष्काशनको प्रक्रियामा सञ्चालक लगायत आधारभुत शेयरधनीहरुबाट रकम संकलन कार्य गरिरहेको फाइनान्सले जनाएको छ ।
उक्त हकप्रद शेयर जारी पश्चात फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्ने पनि फाइनान्सले जानकारी दिएको छ ।