२०८३ साउन १२ मंगलबार

जावलाखेलमा मुख्य निर्वाचनको कार्यालय स्थापित

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
3.6K
Shares
जावलाखेलमा मुख्य निर्वाचनको कार्यालय स्थापित

३ वैशाख, काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ललितपुर जिल्लाको जावलाखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रजिअ दीपक काफ्ले र मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले कार्यालयको उद्घाटन गर्नुभयो । प्रजिअ काफ्लेले निर्वाचन भयरहित रुपमा सम्पन्न गर्नका लागि सुरक्षाकर्मी तयार अवस्थामा रहेको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत दवाडीले कार्यालय स्थापनासँगै निर्वाचनको वातावरण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सीता साम्बाले बाँकी पाँच निर्वाचन अधिकृतको कार्यालय यही वैशाख १२ गते तोकिनेछ । ललितपुरमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा कोन्जेसुङ, वाग्मती र महाङ्काल गाउँपालिका छन् । दुई लाख १३ हजार ७२ मतदाता रहेको ललितपुरमा एक सय ३१ स्थानका दुई सय ८४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी साम्बाले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij