२०८३ साउन १२ मंगलबार

गाडी दुर्घटनामा दोलखाको प्रहरी हवल्दारको मृत्यु

ई आर्थिक    सोमबार, चैत्र २८ २०७३
2.5K
Shares
गाडी दुर्घटनामा दोलखाको प्रहरी हवल्दारको मृत्यु

२८ चैत, दोलखा । दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हँुदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनु भयो । दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट २५ किलोमिटर टाढा पर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij