२७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको भाउ घटेको छ । शुक्रवार प्रतितोला ५४ हजार ९ सयमा किनबेच भएको सुन आज ५ सयले घटेर ५४ हजार ४ सयमा झरेको छ ।
त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ तोलाको ८ सय तोकिएको छ । शुक्रवार चाँदी प्रतितोला ८ सय १० मा किनबेच भएको थियो ।