२०८३ साउन १२ मंगलबार

डेढ वर्ष कारावासमा बिताउँदा पनि कानुनी झन्झट

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
4K
Shares
डेढ वर्ष कारावासमा बिताउँदा पनि कानुनी झन्झट

२७ चैत, विराटनगर । दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् ।

‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालीलाई कानुनी झन्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको सतलोक आश्रममा रामपालजी महाराजको प्रवचन सुन्ने क्रममा विसं २०७१ कात्तिकतिर २४ नेपालीसहित नौ सय भारतीय पक्राउमा परेको समाजका कामु अध्यक्ष केशवप्रसाद मैनालीले बताउनुभयो ।

पक्राउमा परेका सबै जनालाई डेढ वर्ष कारावासमा राखिएको र अहिले भारु एक लाख धरौटी लिएर १५–१५ दिनमा उपस्थित हुन तारेखमा राखिएको उहाँले जानकारी गराउनुभयो । बिनाकसुर पक्राउमा परेका नेपालीको कानुनी झन्झट अन्त्य गर्नका लागि सरकारलाई ठोस कदम चाल्न माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij