२०८३ साउन १० आइतबार

गौरीशङ्करमा टेलिकमको सेवा विस्तार

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
2.9K
Shares
गौरीशङ्करमा टेलिकमको सेवा विस्तार

२५ चैत, दोलखा । विकट गौरीशङ्कर आसपासका क्षेत्रमा नेपाल टेलिकमले सेवा विस्तार गर्न लागेको छ ।

सडक सञ्जाल समेत नपुगेको गौरीशङ्करको बेइदिङमा हेलिकप्टरबाट टावर निर्माणका लागि निर्माण सामग्री ढुवानी गरी निर्माणको काम सुरु गरिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिनुभयो ।

यसअघि गौरीशङ्कर आसपासको क्षेत्र पूर्णरुपमा सञ्चार सेवाबाट वञ्चित रहेको थियो । टावर निर्माणको काम १५ दिनमा सकिने टेलिकमले जनाएको छ । सो क्षेत्रमा हेलिकोप्टरबाटै २५ केभीको जेनेरेटर समेत लगेर जडान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij