२०८३ साउन ११ सोमबार

सानिमा बैंकले हकप्रद शेयर वैशाख १७ देखि

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
7.2K
Shares
सानिमा बैंकले हकप्रद शेयर वैशाख १७ देखि

२५ चैत, काठमाडौं । सानिमा बैंक लिमिटेडले वैशाख १७ देखि १० बराबर ३ (१०:३) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको शेयरधनीकालागि प्रति शेयर एक सय अङ्कित दरको १ करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकको चैत १६ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले शेयरमा खरीदको लागि चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर खरीदका लागि बैंकको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनको लागि सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड नाराणहिटी पथ, काठमाडौं र सानिमा बैंक नक्साल रहेको छ । यसका साथै सानिमा बैंक लिमिटेडको केन्द्रीय कार्यालय लगाायत उपत्यकाको भित्री शाखा कार्यालयहरु र सानिमा क्यापिटल लिमिटेड नक्सालबाट हकप्रद शेयर खरीद तथा आवेदन बुझाउन सकिन्छ ।

बैंकको हालको चुक्ता पूँजी रू. ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रहेकोमा यस् हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि बैंकको चुक्ता पूँजी रू. ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij