२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा

ई आर्थिक    बुधबार, चैत्र २३ २०७३
6.7K
Shares
ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा

२३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

सभाले आर्थिक बर्ष २०७२/०७३ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताब पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.७ अर्ब २४ करोड २६ लाख ६१ हजार ४ सय ३२ रुपैयाँ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

बैंकको ८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij