२०८३ साउन ११ सोमबार

खानेपानीको बील नतिर्नेहरु शीतलनिवास र बालुवाटारदेखि सर्वोच्च अदालतसम्म

ई आर्थिक    आइतबार, चैत्र २० २०७३
3.8K
Shares
खानेपानीको बील नतिर्नेहरु शीतलनिवास र बालुवाटारदेखि सर्वोच्च अदालतसम्म

२० चैत, काठमाडौं । राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्मले खानेपानीको महसुल तिर्न अटेर गरेका छन् । खानेपानीको महसुल नतिर्ने कोको हुन् भन्नेबारे आजको कारोबार दैनिकले विस्तेतमा समाचार प्रकाशित गरेको छ ।

खानेपानीको महसुल नतिर्ने सरकारी निकायहरुमा राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री कार्यालय सिंहदरबार, संसद, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, सभामुख निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कताकेन्द्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला अदालत काठमाडौंका साथै अस्पताल र शैक्षिक संस्थाहरु रहेको कारोबारले लेखेको छ ।

समाचारमा जनाइएअनुसार सरकारी कार्यालयले २९ करोड १५ लाख ४४ हजार ७ सय ७० रुपैयाँ महसुल तिर्न बाँकी छ ।

त्यस्तै सरकारी संस्थानहरुले ६ करोड ७५ लाख ९५ हजार ९ सय ८० रुपैयाँ बराबरको महसुल काठमाडौं खानेपानी लिमिटेड केयुकेएललाई बुझाउन बाँकी छ ।

महानगरपालिका लगाउत काठमाडौंका स्थानीय निकायले ६ करोड ४० लाख भन्दा बढीको महसुल तिर्न बाँकी छ ।

निजी क्षेत्र तथा व्यक्तिहरुले १ अर्ब ६८ लाख भन्दा बढी रकम महसुल तिर्न बाँकी रहेको केयुकेएललाई तिर्न बाँकी रहेको छ । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij