२०८३ साउन ९ शनिबार

डीभी/ पीआर लिने कर्मचारी कति ?

ई आर्थिक    शनिबार, चैत्र १९ २०७३
21.5K
Shares
डीभी/ पीआर लिने कर्मचारी कति ?

१९ चैत, काठमाडौं । नीजामति सेवामा रहेका ७३ जनाले डीभी/ पीआर लिएको पाइएको छ। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले पेश गरेको विवरण अनुसार हाल सम्म ७३ जना नीजामति कर्मचारीले अन्य देशको डीभी/ पीआर लिएका छन्।

जस मध्ये ३४ जनाले डीभी/ पीआर त्यागिसकेका छन्। यस्तै ६ जनाले डीभी/ पीआर त्याग गर्न चाहेको तर विवरण प्रप्त नभएको उल्लेख गरिएको छ। यस्तै १६ जनाले डीभी/ पीआर त्याग गर्न नचाहेर राजीनामा पेश गरेका छन्। १६ जनाको डीभी/ पीआर घोषणा गरेका तर त्यागे नत्यागेको विवरण प्रप्त नभएको मन्त्री विष्टले समितिमा जानकारी गराएका छन्। यो अवधिमा डीभी/ पीआर के हो नखुलेको तर यस अवधिमा राजीनामा गर्ने ४ जना रहेको जनाइएको छ।

तत्कालिन सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले डीभी/ पीआरधारी सरकारी कर्मचारीका विरुद्ध अभियान चलाएका थिए। निजामति सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम आफ्नो वा परिवारका सदस्य (श्रीमान वा श्रीमति) डीभी/ पीआर/ ग्रीन कार्ड भएकाहरुलाई सरकारले दुई बर्ष अघि देखि कारबाहीको प्रक्रिया थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij